काठमाण्डु – भारतको सिरम इन्स्टिच्युटसँग खरिद सम्झौता भइसकेको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप आउन अझै एक महिना लाग्ने भएको छ । आफ्ना २० प्रतिशत नागरिकलाई दुवै मात्रा खोप लगाइसकेपछि मात्र भारतले छिमेकी देशमा खोप उपलब्ध गराउने जनाएको छ । सबै प्रकारका कूटनीतिक संवाद वा द्विपक्षीय उद्योग–वाणिज्यका मामिलाभन्दा अघि बढेर दिल्लीस्थित नेपाली दूतावासले खोपका…