तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिकामा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर ३, पामुङ्गमा आज बिहान गएको पहिरोमा परि स्थानीय ३५ वर्षकी सरस्वती थापा र ७५ वर्षकी हरिमाया बसेलको ज्यान गएको हो । पहिरोले दुई वटा घर बगाएको छ । पहिरोमा परेका ५ जनाको सकुशल उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले…