बैतडीमा १ तोला सुनमा बलात्कारको घटना मिलाइयो, प्रहरी भन्छः कडा कारबाही हुन्छ

काठमाण्डु – बैतडीमा बलात्कारको घटना गाउँमै मिलापत्र गरेको खुलेको छ । जिल्लाको सिगास गाउँपालिका–३ मा १८ वर्षीया किशोरीमाथि भएको बलात्कारको घटना गाउँमै मिलापत्र गराइएको हो । गत असार १४ गते स्थानीय युवती धारामा पानी लिन गएको अवस्थामा सोही ठाँउका दीपक सिंह धामीले बलात्कार गरेका थिए । झण्डै पाँच महिनापछि उक्त घटना गाउँकै स्थानीयहरुको सहभागितामा मिलापत्र…