एक महिनाभित्र विदेशस्थित नेपालका ४३ वटै नियोगबाट ई-पासपोर्ट जारी गरिने

काठमाण्डु - परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट विद्युतिय राहदानी (ई-पासपोर्ट) जारी गर्ने भएको छ । विभागले ई-पासपोर्ट जारी गर्न सुरु गरेपछि यसअघि जारी हुँदै आएको मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी गर्न नियोगहरुले बन्द गरेका थिए । ‘अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट ई-पासपोर्ट जारी गर्ने हाम्रो…