काठमाण्डु - नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेसनको सम्मुखमा पार्टीमा बिभाजित मानसिकता देखा परेको बताएका छन् ।भृकुटीमण्डपमा आयोजित नेपाली कांग्रेसको १४ औं महाधिवेसन उदघाटन सत्रलाई सम्वोधन गर्दै सिटौलाले १३ औं महाधिवेसन पछि कांग्रेसमा अनेक उतार चढाव आएको पनि जनाएका छन । ‘गएको महाधिवेशनबाट अहिलेसम्म आइपुग्दा थुप्रै उतारचढाव देखा प-यो, अब आगामी दिनमा कसरी एकताबद्व…