करार शिक्षकलाई स्थाई गर्ने निर्णय खारेज नभए आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी

काठमाण्डु- सात विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले करार शिक्षकहरुलाई स्थाई गर्ने निर्णय तत्काल खारेजीको माग गरेका छन् । सात विद्यार्थी संगठनले आज विज्ञप्ति जारी गर्दै आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने स्पष्ट पारेका छन् । उनीहरुले उक्त निर्णय कार्यान्वयन हुन नदिने र त्यसका निम्ति संयुक्त विद्यार्थी आन्दोलन शसक्त प्रतिरोधमा…