त्रिविका स्थगित परीक्षा फागुन १ देखि हुने

काठमाण्डु - कोभिड-१९ का कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि सञ्चालन हुने भएका छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने आठ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय गरेर समय तालिका सार्वजनिक गरेको उनले…