काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सिफारिसमा सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । अधिकारी राष्ट्रिय गौरव आयोजना प्रमुख थिए । उनि ११ औं तहका कर्मचारी हुन । पर्यटन मन्त्रालयले यसअघि जुनियरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको भन्दै मन्त्री…