दोस्रो विवाह गर्ने महिलाभन्दा पुरुषको संख्या धेरै

इलाम - श्रीमान वैदेशिक रोजगारीमा गएपछि घरपरिवार धानेर बसेका महिलालाई समाजले अनेक लाञ्छना लगाउँछ । ‘श्रीमानको कमाई कुम्लाएर श्रीमती पोइल जान्छन्’, ‘वैदेशिक रोजगारीले परिवार भाँडियो’ जस्ता भनाइ जताततै सुन्न पाइन्छ । श्रीमान् वैदेशिक रोजगारीमा गएका महिलाहरूको बाह्य सम्बन्धका बारेमा पनि खुब चर्चा सुनिन्छ । वैदेशिक रोजगारीमा गएकाहरूले यस्ता चर्चाकै कारण आफ्ना श्रीमतीमाथि अनावश्यक शंका गरेकैले…