माओवादी पालिका अधिवेशन : ओखलढुंगाकी लुइटेल बनिन् देशभरिकै कान्छि उपाध्यक्ष

काठमाण्डु – नेकपा माओवादी केन्द्रको पालिका कमिटीको अधिवेशन धमाधम भइरहेको छ । ओखलढुंगाका ८ पालिकामध्ये ६ वटा पालिकामा भएको अधिवेशनले पालिका कमिटीको नयाँ नेतृत्व चयन सम्पन्न गरेको छ । जिल्लाका लिखु, चम्पादेवी, सुनकोसी, मानेभञ्याङ्, चिशंखुगढी र खिजीदेम्वा गाउँपालिका कमिटीका अधिवेशन सकिएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज बाबुराम गौतमले जानकारी दिए । उनले अधिवेशनले सबै पदहरूमा सर्वसम्मत…