काठमाण्डु – सरकारले अफ्रिकी मुलुकबाट नेपाल प्रवेशलाई कडाइ गर्ने भएको छ । कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन अफ्रिकाबाट फैलँदै भारतसम्म आइपुगेपछि आइतबार गृह सचिव टेकनारायण पाण्डेको नेतृत्वमा बसेको बैठकले अफ्रिकी मुलुकको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । अफ्रिकी मुलुकबाट नेपाल आउनेलाई अनअराइभल भिसा नदिने निर्णय भएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । तर,…