वामदेव गौतम दम्पतीलाई कोरोना

काठमाण्डु - नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश गौतमले जानकारी दिएका छन् । ‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।