काठमाण्डु - उपत्यकाको ७ वटै ट्राफिक कार्यालयहरूबाट ट्राफिक नियम उल्लंघन गरेबापत मेसिनको प्रयोग गरी जरिवाना तिर्न सकिने भएको छ । ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाण्डु उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेको…