बाँकेमा कोरोना संक्रमणबाट ७० वर्षीय पुरुषको मृत्यु

काठमाण्डु -  बाँकेमा थप एक काेराेना संक्रमित पुरुषको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका-४ निवासी  ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार विहान ५ बजे मृत्यु भएको हाे। उनलाई कात्तिक ११ गते आइसियूमा भर्ना गरिएको थियो। आशंका लागेर स्वाब परीक्षण गर्दा उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमण पुष्टि भएको…