काठमाण्डु - मोरङ र सुनसरीका दुई कोरोना संक्रमितको विराटनगरमा मृत्यु भएको छ। विराटनगरको नोबेल मेडिकल कलेजमा सुनसरीको धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो । बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषमा फोक्सो र मिर्गौला सम्बन्धी समस्या थियो । स्वास्थ्यमा समस्या देखिएपछि…