उज्वल थापाको परिवारले भन्यो- दुर्गा प्रसाईँको सहयोग चाहिँदैन

काठमाण्डु -  विवेकशील साझाका पूर्व संयोजक उज्वल थापाको परिवारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्ने भनेको सहयोग आवश्यक नपर्ने जनाएको छ । खर्च धेरै लाग्ने भन्दै थापाका शुभेच्छुकले आर्थिक सहयोगको लागि सार्वजनिक अपिल गरेका थिए । सार्वजनिक अपिल अनुसार उपचारको लागि पैसा उठेपछि सोही पैसाबाट उपचार गराउने भन्दै प्रसाईंले गर्ने भनेको सहयोग नलिने परिवारले जनाएको हो…