काठमाण्डु – नेपाल वायुसेवा निगमले काठमाण्डु–रियाद–काठमाण्डु नियमित व्यवसायिक उडान सुरु गरेको छ । निगमले आजदेखि उक्त रुटमा उडान सुरु गरेको जनाएको छ । नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको निगमले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डुबाट रियादको लागि निगमको पहिलो उडान आज सवा पाँच बजे…