जनकपुरधाम – निजी विद्यालय सञ्चालकहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । नयाँ शिक्षा ऐन निजी विद्यालय बन्द गराउने गरी ल्याउन लागिएको भन्दै उनीहरूले सोमबार जनकपुरधाममा प्रदेश स्तरीय शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । संघीय शिक्षा ऐनको निजी विद्यालय सम्बन्धी केही प्रावधान तत्काल सच्याउन माग गर्दै निजी विद्यालयहरूको संगठन प्याब्सन, नेपाल प्याब्सन, हिसान र अपेनको प्रदेश समितिले…