अवैध लागूऔषधसहित ४ जना पक्राउ

काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । पाँचथरको फिदिम नगरपालिका–४ नुमा मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर ८१० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय २७ वर्षीय बसन्त लिम्बु, कुम्मायक गाउँपालिका–४ बस्ने २७ वर्षीय रबिन लिम्बु र मोरङ मिक्लाजुङ गाउँपालिका–१ बस्ने ३२ वर्षीय सुमन राई रहेका…