काठमाण्डु – नेपाल धितोपत्र बोर्डले प्रि–आईपीओको नाममा विभिन्न संगठित संस्थाहरूको शेयर बिक्रीवितरण गरिरहेको भन्दै आम लगानीकर्तालाई सचेत गराएको छ । केही व्यक्तिहरूले सामाजिक सञ्जाल (ह्वाट्सएप, भाइबर, फेसबूक समूह), इमेल र एसएमएसमार्फत कम्पनीको शेयर निकट भविष्यमा सार्वजनिक निष्कासन हुने भन्दै सर्वसाधारणलाई प्रि–आईपीओ शेयर खरिद गर्न आग्रह गरी अनाधिकृत रूपमा पैसा उठाउने गतिविधि सञ्चालन गरेको गुनासोपछि बोर्डले…