काठमाण्डु– काठमाण्डुस्थित अमेरिकी दूतावासले एमसीसीविरुद्धको आलोचनाको समर्थन र स्वागत गर्ने जनाएको छ । सरकारले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे नकरात्मक टिप्पणी नगर्न विज्ञप्ति नै जारी गरेर चेतावनी दिइरहेको बेला अमेरिकी दूतावासले भने तथ्यमा रहेर हुने बहसको स्वागत गर्ने बताएको हो । सामाजिक संजाल टिवटरमा दूताबासले सोमबार टिव्ट गर्दै भनेको छ ‘हामी तथ्यमा आधारित स्वतन्त्र अभिव्यक्ति…