१६ औं शताब्दीमा हराएका साँस्कृतिक सामाग्री नेपाललाई हस्तान्तरण

काठमाण्डु- लण्डन महानगरीय प्रहरी कार्यालयका डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई नेपालका दुई साँस्कृतिक सामग्री हस्तान्तरण गरेका छन् । नेपाल फिर्ता गर्न लागिएका कला कृतिहरुमा सोह्रौं शताब्दीको काठको तोरना र अठारौं शताब्दीको नमस्कार मुद्रामा घुँडा टेकेका एक भक्तकोे ढुङ्गाको मूर्ति छन् । तीमध्ये तोरना सन् १९८०–१९९० को दशकमा काठमाण्डुको हनुमानढोका दरबार…