माैसम पूर्वानुमान : आजदेखि साेमबारसम्म वर्षा र हिमपातकाे सम्भावना

काठमाण्डु - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । शनिबार तराईका केही भूभागमा हुस्सु-कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको…