रिक्त एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाण्डु - रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बसेको सिफारिस समितिले नारायण शर्मा, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको हो । अब बस्‍ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एकजनालाई सचिवमा बढुवा गर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्यालको…