प्रदेश नं २ मा विहीबार कोरोना संक्रमणबाट आठको मृत्यु

धनुषा- प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ भने १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले आज जारी गरेको तथ्याङ्कअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक गरी आठ जनाको कोरोनाको कारण मृत्यु भएको हो । प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या…