डीएसपीसहित एउटै गणका ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

काठमाण्डु – चितवनमा डीएसपीसहित ४२ जना सशस्त्र प्रहरीमा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनीका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाहिनीका प्रमुख डिआइजी मन्दिप श्रेष्ठका अनुसार जसमा ४० पुरुष र…