भोलि हुने भनिएको एन्फा निर्वाचन स्थगित

काठमाण्डु- अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनमा परेपछि भोलि शुक्रबार हुने भनिएको निर्वाचन स्थगित भएको हो । एन्फा निर्वाचन समितिले बिहीबार एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म निर्वाचन स्थगित गरिएको जनाएको हो । राखेप कार्यकारी समितिको बुधबारको बैठकले निर्देशन पालना नगरेको भन्दै पंकज विक्रम नेम्बाङ…