पीडित महिला स्वास्थ्यकर्मी भन्छिन्, ‘बृद्धा बिरामीलाई स्लाईन चढाइरहेकी थिएँ गालीगलैच गर्दै कुटपिट गरे’

बैतडी – बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्र्तगतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो । स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको भट्टले बताइन् । पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र…