बझाङ - प्राकृतिक सौन्दर्यताको खानी खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइएको हो । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घांसे मैदान अर्थात पाटन रहेका छन् । चारैतिर जंगल, जंगलका बिचमा पाटन,खप्तड जानका लागि गएको जो कोहि पर्यटक दिनभरको हिँडाइले थकित हुन्छ, जब खप्तडको मैदानमा खुट्टा टेक्छ तब उसले सारा थकान,…