ललितपुर महानगरपालिकाले ल्यायो ‘नगर प्रहरी एप्स’

काठमाण्डु – ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिएको छ । एप्सको प्रयोगले समाजमा देखिने नराम्रा कामलाई दुरुत्साहन गर्न सहयोग पुग्ने जानकार बताउँछन् ।…