काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रतिनिधिसभाका सभामुख सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत ति सुरक्षाकर्मीमा शुक्रबार कोरोना भाइरस पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि सभामुखसहित ३० जनाभन्दा बढीको स्वाब संकलन गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।