जनयुद्धमा होमिएर रित्तो हात घर फर्किएका ‘पूर्वलडाकू’ कुँवरको फेरिएको परिचय

खेमराज गौतम गलकोट – भनिन्छ, ‘सङ्घर्षले मानिसलाई जीवन जिउन सिकाउँछ ।’ बागलुङ गलकोटका सूर्य कुँवरले सानै उमेरमा सङ्र्घष राजे । त्यसैले होला ३० वर्षीय कुँवरको जीवनमा ठूलै उतार चढाव आइसकेको छ । तर गलकोट नगरपालिका–१ दुदिलाभाटीका कुँवर जस्तोसुकै दुःखमा पनि विचलित भएनन् । न्याय र समानताको लडाइँ लड्ने भन्दै १४ वर्षकै उमेरमा दुदिलाभाटीको सरस्वती माध्यमिक…