नेपाललाई बेलायतको ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड

काठमाण्डु – कोभिड महामारीको समयमा अलपत्र विदेशी पर्यटकको खोज उद्धारमा उत्कृष्ट कार्य गरेको भन्दै नेपालले बेलायतबाट ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ । महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा नेपालका विभिन्न गन्तव्यमा अड्किएका विदेशी पर्यटकको उद्धारमा सक्रियता देखाएबापत नेपालले विश्व चर्चित वन्डरलस्ट म्यागजिनले मङ्गलबार बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा…