काठमाण्डु - पछिल्लो २४ घण्टामा नेपालमा थप २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टामा पीसीआर विधिबाट २६० र एन्टिजेन विधिबाट ३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १६ हजार ६७५ र एन्टिजेनबाट ९५ हजार ७२ जना पुगेको छ । यस्तै,…