काठमाण्डु - वीरगञ्जमा झाडापखाला लागेर उपचारका लागि आएका बिरामीहरूमा हैजाको जीवाणु भेटिएपछि विद्यालय बन्द गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ का विभिन्न टोलमा झाडापखाला र हैजाका बिरामीहरू भेटिएका हुन् । झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा ती मध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना…