काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देल थाइल्यान्डमा आयोजना हुने इन्डो–प्यासिफिक चिफ अफ डिफेन्स सम्मेलनमा सहभागी हुन जाने भएका छन् । नेपाली सेनाअनुसार सिग्देल आगामी भदौ ९ गते सोमबार थाइल्यान्ड प्रस्थान गर्नेछन् । सम्मेलन भदौ १०–१२ गतेसम्म (२६–२८ अगस्ट) थाइल्यान्डको हुआ हिनमा अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमाण्ड/रोयल थाई आर्मड फोर्सको सहकार्यमा आयोजना हुँदैछ । विक्रम संवत् २०५६ सालदेखि…