तीजमा पशुपतिनाथ मन्दिर दर्शनका लागि व्यवस्थापनको अन्तिम तयारी

काठमाण्डु – पशुपतिनाथ मन्दिरमा हरितालिका (तीज) पर्व २०८२ को व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको पशुपति विकास कोषले जनाएको छ । आईतबार पत्रकार सम्मेलन गर्दै कोषले तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको लागि एवम् हिन्दु नारीहरूको सेवासुविधाका लागि आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ । पशुपति विकास कोषले सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शन मार्गको व्यवस्था एवं…