त्रिशूली - नुवाकोटबाट काठमाण्डुतर्फ आउँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाण्डु ल्याइएको छ । किस्पाङ गाँउपालिका–१ भाल्चेबाट त्रिशूली हुँदै काठमाण्डु जान लागेको बा ४ ख ५७६२ नं को बस आज बिहान ११ बजे मनकामना आइपुग्दा ब्रेकले काम नगरेपछि दुर्घटनामा परेको…