काठमाण्डु – संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाई हुँदैछ । संसद विघटनविरुद्ध परेको रिटमाथि गएको बुधबारदेखि नै सुनुवाई सुरु हुने भनिए पनि तोकिएको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीले आफू इजलासमा नबस्ने घोषणा गरेपछि आजका लागि पेशी तोकिएको हो । केही बेरमा सर्वोच्च अदालतले सुनुवाइका लागि प्रधानन्यायाधीशसहित अरू ४ जना न्यायाधीशको पेसीसूची सार्वजनिक गर्नेछ…