स्वास्थ्य मन्त्रालयले गर्‍यो ५ जना निर्देशकको जिम्मेवारी हेरफेर, बासुदेव पाण्डे मन्त्रालय तानिए

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले आइतबार कसेको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार विभाग र केन्द्रीय अस्पतालका निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी दिइएको छ भने कान्ति बाल अस्पतालको निर्देशकमा डा. आरपी बिच्छा…