बैतडीमा प्रहरी नै सम्पर्कविहीन

बैतडी - विद्युत् सेवा अवरुद्ध भएसँगै प्रहरीसँग भएका सञ्चार सेटहरूले काम गर्न छाडेपछि समस्या भएको छ । जिल्लामा कहाँ के भइरहेको छ भन्ने विषयमा जानकारी लिनै समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी रमेशबहादुर पालले बताए । उनले भने, ‘प्रहरीसँग भएको नेपाल टेलिकमको फोन र सञ्चार सेटहरु मात्रै हो । टेलिकमको सेवा पुर्ण रुपमा…