बैतडी- बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ । महासप्तमीका दिन शुरु भएको जात्रा महाष्टमीमा रांगा बोकाको बलिसहित सम्पन्न हुने गर्दछ । जात्रामा करिब साढे ३ सय रांगाको बलि दिइएको छ । २४६ रांगा समितिमा दर्ता गरिएको र सय बढी रांगा थप आएको हुनसक्ने जात्रा व्यवस्थापन समितिले जनाएको छ । यसैगरि घटस्थापनादेखि अष्टमीसम्म…