काठमाण्डु — कोरोना संक्रमण रोकथामका लागि काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो समय थप गरिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेदेखि सकिँदैछ । उपत्यकाका काठमाण्डु, भक्तपुर र ललितपुर प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले…