चीनले नेपाली भूमि मिचेको भन्दै माइतीघरमा प्रदर्शन

काठमाण्डु - चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टीनिकट लोकतान्त्रिक युवा संघले प्रदर्शन  गरेको छ । चीनले हुम्लामा नेपाली सीमामा अतिक्रमण गरेको भन्दै सङ्घमा आबद्ध नेता-कार्यकर्ताले मंगलबार काठमाण्डुको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले ‘चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर’, ‘हुम्ला जिल्लामा रहेको १२ नम्बर पिलर सार्न पाइँदैन’लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।…