‘भोक लाग्यो सरकार काम गरी खान देऊ’

काठमाडौं – चैत ११ गतेबाट जारी लकडाउनले मारमा परेको भन्दै ट्याक्सी व्यवसायीहरू सडकमा उत्रिएका छन् । मंगलबार ठूलो संख्यामा ट्याक्सी व्यवसायीहरूले काम गर्न दिनु पर्ने, ऋण थपिँदै गएको, कर मिनाह गर्नुपर्नेलगायत विभिन्न मागहरू राख्दै प्रदर्शनमा निस्किएका हुन् । यसैगरी उनीहरूले ‘रातो नम्बर प्लेटको सवारीमा कोरोना नसर्ने,कालो नम्बर प्लेटमा मात्रै सर्ने÷सार्ने यो कस्तो रोग हो सरकार…