मेलम्चीमा कार्यरत २ चिनियाँ नागरिकको शव फेला

काठमाण्डु – मेलम्ची खानेपानी आयोजनामा कार्यरत दुई चिनियाँ नागरिकको शव फेला परेको छ । मंगलबार साँझ आएको बाढीपछि सम्पर्कविहीन बनेका आयोजनाका ८ कामदारमध्ये दुई जनाको शव फेला परेको हो । बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी अरुण नेपालले बताए ।…