काठमाण्डु – कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको विरुद्धमा परेको रिटमाथी आज सुनुवाई हुँदैछ । घिसिङ विरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजालसमा तोकिएको छ । यसअघि पटकपटक पेशीमा चढेपनि सुनुवाई हुन सकेको थिएन । भदौ ८ मा प्रधानन्यायाधीश जबराले घिसिङ र शाक्यलाई नियुक्त गर्दाको सक्कल फायल झिकाउन आदेश गरेका…