उपचार नपाएर बिरामी मर्न थालेपछि स्वास्थ्य मन्त्रालयले दियो यस्तो निर्देशन

काठमाडौं – अस्पतालले कोरोना भाइरसको आशंकामा बिरामी रेफर गर्नै र उपचार नपाएर मृत्युवरण गरेको घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्ति प्रकट गरेको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै बिरामीलाई एक अस्पतालबाट अर्को अस्पतालमा रेफर गर्दा सहज समन्वय नहुँदा बिरामीहरु प्रत्यक्ष मर्कामा परेको, उपचार नपाई मृत्यु भएको घटनाप्रति मन्त्रालयको ध्यानआकर्षणा भएको…