काठमाडौं – रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. ८ सोती भन्ने स्थानमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा वडाध्यक्ष डम्बर बहादुर मल्लले प्रहरीलाई नै गुमराहमा राखेको पाइएको छ । गृहमन्त्रालयद्वारा गठन गरिएको छानबिन समितिले तयार पारेको प्रतिवेदनले वडाध्यक्ष मल्ले चार गाउँका मानिस भेला पारेर प्रहरीलाई गलत सूचना दिएको निष्कर्ष निकालेको छ ।…