काठमाण्डु- नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीलाई बीपी कोइरालाको समयको जस्तै शक्तिशाली बनाउन आफूलाई सभापति बन्नुपर्ने अवस्था आएको बताएका छन्। धनुषाको जनकपुरमा आयोजित कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले आउँदो १५औं महाधिवेशनमा सहयोगको अपेक्षा गरेका छन्। 'यदि सहयोग मिल्यो भने कार्यकर्ता र नेताले खोजेको कांग्रेस बनाएरै छाड्छु,' कोइरालाले भने। उनले आफ्नो राजनीति लोभ–लालसाका कारण…